२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा

एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा

835
Shares

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले पुस ३० गते, बुधबार, सिल्भर ओक ब्याङ्केट एण्ड इभेन्ट्स सेन्टर, गैह्रिधारा, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे १ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस २२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij