२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

1.7K
Shares

काठमाडौं–  एनएलजी इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

पुस ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij