काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा बोलाएको छ ।
इन्स्योरेन्सले पुस २९ गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे ७७ औँ वार्षिक साधारण सभा डाकेको हो।
सभाले हाल कायम चुक्ता पूँजीको ६.३१८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij