२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

1K
Shares

काठमाडौं–  सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने १५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।

पुस २ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij