२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा तीन ३ कम्पनीको बोनश शेयर सूचिकृत

नेप्सेमा तीन ३ कम्पनीको बोनश शेयर सूचिकृत

1.5K
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । मंगलबार प्रभु इन्स्योरेन्स लिमिटेड, एशियन लाइफ इन्स्योरेन्स लिमिटेड  र हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको हो ।

प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापतको २५ लाख ९४ हजार ६७८ दशमलव ५२ कित्ता, एशियन लाइफको ५.१ प्रतिशत बोनश वापतको १७ लाख ३३ हजार ९१६ दशमलव ५२ कित्ता र हाथवे इन्भेष्टमेन्ट कम्पनीको १२ प्रतिशत बोनश वापतको ३३ लाख ९७ हजार ६८० कित्ता शेयर सूचिकृत भएको हो ।

सूचिकृत भएको यी ३ कम्पनीको शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij