२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाइफले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

आइएमई लाइफले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

1.4K
Shares

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ। मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहान १० बजे नवौं वार्षिक साधारणसभा बोलाएको छ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्चहरू अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव आएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ९ गतेसम्म यस कम्पनीको शेयर खरीद गर्ने शेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij