२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा

सूर्यज्योति लाइफको नयाँ बोनसदर घोषणा

1.5K
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१।८२ को बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेको बीमांकीय मूल्यांकन प्रतिवेदनका आधारमा कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो। स्वीकृत बीमांकीय मूल्यांकनअनुसार कम्पनीले सावधिक जीवन बीमा योजनाहरुमा प्रतिहजार न्यूनतम ४० देखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij