काठमाडौं – नेपाल राष्ट्र बैंकले एकैपटक ७६ जना कर्मचारी माग गरेको छ। बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीको सहायकसम्म गरी ७६ जनाबाट दरखास्त आह्वान गरेको हो।
राष्ट्र बैंकले सहायक निर्देशक (अर्थशास्त्र) मा १ जना, सहायक निर्देशक (व्यवस्थापन) मा १ जना, सहायक निर्देशकमा २९ जना , सहायक निर्देशक (लेखा/लेखापरीक्षण)मा १० जना, सहायक निर्देशक (वाणिज्य कानून)मा ४ जना र सहायक पदमा २१ जना गरि कुल ७६ जना कर्मचारी माग गरेको हो ।
राष्ट्र बैंकले योग्य तथा इच्छुक उम्मेदवारलाई पुस १० गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्ममा आवेदन दिन भनेको छ। राष्ट्र बैंकको वेबसाइटमार्फत अनलाइन माध्यमबाट आवेदन दिनु पर्ने छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij