२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो

1.1K
Shares

काठमाडौं– एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ १ करोडभन्दा बढी डाउनलोड हुँदै देसकै सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक बनेको छ।

सहज र कागजरहित सेवा प्रवाहलाई लक्ष्य राखेर तयार गरिएको यो एपमार्फत ग्राहकले रिचार्ज, प्याक खरिद, उजुरी दर्ता, सेवा सक्रिय/निष्क्रियलगायत अधिकांश कार्य गर्न सक्छन्।

यस उपलब्धिसँगै एनसेलले १० दिने उत्सव कार्यक्रम सुरु गरेको छ। पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने वा एपबाट कुनै प्याक खरिद गर्ने ग्राहकमध्ये दैनिक १० जनाले १० दिनसम्म प्रयोग गर्न मिल्ने १० जिबी अल टाइम डेटा जित्न सक्नेछन्।

एनसेलले एपले ग्राहकको डिजिटल दैनिकीलाई सहज बनाउँदै ‘डिजिटल नेपाल’ भिजनलाई पनि योगदान दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij