२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी मनायो ३२औं वार्षिकोत्सव

हिमालयन एभरेष्ट इन्स्योरेन्सले विभिन्न कार्यक्रम गरी मनायो ३२औं वार्षिकोत्सव

1.2K
Shares

काठमाडाैं – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३२ औं वार्षिकोत्सवको अवसरमा देशका सबै प्रदेशमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । देशैभर गरेर २ सय ६१ जनाले रक्तदान गरेका छन् ।

बागमती ४७, लुम्बिनीमा ६०, गण्डकी ३९, कोशी ५३, मधेश २२, र सुदूरपश्चिम ४० जना रक्तदान कार्यक्रममा सहभागी भए । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले रक्तदान कार्यक्रममार्फत स्वास्थ्य संस्थाहरूमा आवश्यक रक्त सञ्चित गर्न सहयोग पुग्ने उद्देश्य राखेको छ ।

यसै अवसरमा, संस्थाको केन्द्रीय कार्यालयमा एक दिने आँखा तथा कान स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका कर्मचारी र अन्य गरि १ सय २८ जनाले स्वस्थ्य परीक्षण गरेका थिए । विशेषज्ञ चिकित्सकहरूको टोलीले कर्मचारीहरूलाई निःशुल्क परीक्षण, प्रारम्भिक परामर्श तथा आवश्यक स्वास्थ्य सिफारिस प्रदान गरिएको थियो । उक्त स्वास्थ्य परीक्षणले कर्मचारीहरूको स्वास्थ्यप्रति संस्थाको प्रतिवद्धता झनै स्पष्ट बनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले १५ वर्षभन्दा बढि सेवा प्रदान गरेका ३६ जना कर्मचारीलाई दिर्घ सेवा सम्मान पनि गरेको छ । सम्मानित हुनेमा प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठसहित केन्द्रीय कार्यालयमा कार्यरत रमनजुलु नाइडु, रतन कुमार लामा, रोशन कुमार श्रेष्ठ, बच्चुराम खड्का, निरजमानसिंह प्रधान, सुदर्शन श्रेष्ठ, अनुज लाखे, शिव प्रसाद श्रेष्ठ, मनोहर अधिकारी, अञ्जु तुलाधर श्रेष्ठ, गिहेन्द्रमान डंगोल, रवि डंगोल, रवि डंगोल, देभेन्द्र खड्का, सुविन्द्र श्रेष्ठ, अमृत श्रेष्ठ, पुनम महर्जन, पूर्णिमा श्रेष्ठ, निर्जला लिम्बु सुब्बा, तेज कुमार महर्जन, सञ्जय रत्न डंगोल, दिवेश कायस्थ, सिजन श्रेष्ठ, सुजाता खतिवडा, किशोर महर्जन, विदुर तिमल्सिना, सिताराम कँडेल, खगेश्वर भट्टराई, राधेश्याम खड्गी, कालुसिंह तामाङ, सविना देउला, सिता रिजाल, रुपा धल, सुभद्रा केसी, जिवन्ती श्रेष्ठ र केशव श्रेष्ठलाई कदरपत्र प्रदान गरियो हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बागमती शाखाले पनि १५ वर्षभन्दा माथि अनवरत सेवा गर्ने २५ जना कर्मचारीलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा धर्मराज थापा, किशोर श्रेष्ठ, बिप्लिका जोशी, पूर्णकुमारी श्रेष्ठ, सुजन श्रेष्ठ, रुजिना जोशी, सुनिता श्रेष्ठ, रजनिस महर्जन, सुन्दर बुढाथोकी, प्रमिता जोशी लोहोनी, राजुराज दली, प्रशन्ना श्रेष्ठ, सपना अवाले, सरोज सुवाल, अन्नपूर्ण श्रेष्ठ, दिवश खतिवडा, इन्दिरा घिमिरे, बासुदेव ढुंगाना, उमेश प्रधान, राजन न्यौपाने, प्रकाश लामिछाने, अजित विष्ट, सुरेश महर्जन, मिनादेवी श्रेष्ठ र बिमला कंडेललाई सम्मान गरेको हो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अञ्जु श्रेष्ठले ३२ औं वर्ष पार गर्दै गर्दा समाजप्रतिको जिम्मेवारीलाई अझ मजबुत बनाउन चाहेको बताए। रक्तदान कार्यक्रम र स्वास्थ्य परीक्षण शिविरले हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रतिबद्धता व्यवहारमा साबित गरेको उल्लेख गरे ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले रक्त संकलन, स्वास्थ्य सचेतना र सामुदायिक सेवा मार्फत समाजमा प्रत्यक्ष योगदान पुर्‍याउन हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij