काठमाडौं- भुक्तानी सेवा क्षेत्रको अग्रणी कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि निरन्तरता दिएको छ।
लगातार दुई वर्षदेखि इसेवाको ब्राण्ड प्रवर्धक रहँदै आएका पौडेलसँगको सम्झौता अवधि यसपटक पुनः थप गरिएको हो।
ब्राण्ड यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गर्दै कप्तान पौडेलले यो साझेदारीले नयाँ ऊर्जा र जिम्मेवारी थपेको बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij