२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलजी नेपालद्वारा नयाँ एलजी एआई टिभी सार्वजनिक

एलजी नेपालद्वारा नयाँ एलजी एआई टिभी सार्वजनिक

1.4K
Shares

काठमाडौं – उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी ब्रान्ड LG Nepal ले नयाँ पुस्ताको LG AI TV नेपालमा सार्वजनिक गरेको छ। “Affectionate Intelligence” को दर्शनमा आधारित र LG को अत्याधुनिक α (Alpha) AI Processor Gen2 द्वारा संचालित यो टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसाथ गर्ने क्षमता मार्फत व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राख्दछ।

तपाईंलाई बुझ्ने र तपाईंका लागि सोच्ने स्मार्ट टिभी

नयाँ LG AI TV ले real time मै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर अटोमेटिक रूपमा अनुकूलन गर्छ। दैनिक जीवनका नियमित कामदेखि लिएर मनोरञ्जनको अनुभवसम्म— यो टिभीले प्रत्येक घरमा अझै स्मार्ट, सहज र सहजै अनुकूलित जीवनशैली प्रदान गर्दछ।

स्मार्ट जीवनका लागि अत्याधुनिक AI फिचरहरू:

नयाँ LG AI TV series ले प्रयोगकर्ताको सुविधा, रुचि र व्यक्तिगत अनुभवलाई केन्द्रमा राख्दै निम्न उत्कृष्ट AI मा आधारित विशेषताहरू प्रस्तुत गर्दछ:

AI Chatbot – प्राकृतिक संवादमार्फत छिटो सहायता
AI Concierge – तपाईंका रुचि अनुसार सामग्री तथा जीवनशैली सुझाव
AI Picture Wizard – दृश्यअनुसार अटोमेटिक इमेज अनुकूलन
AI Sound Wizard – घरको वातावरण तथा सामग्रीअनुसार ध्वनिको प्रिमियम सेटिङ
AI Search – छिटो, इन्टेलिजेन्ट र प्रभावकारी सामग्री खोज प्रणाली
AI Voice ID -प्रत्येक प्रयोगकर्तालाई विशेष व्यक्तिगत कमान्ड र प्रोफाइल व्यवस्थापन

यी फिचरहरूले स्मार्ट टिभीको धारणा नै बदल्दै, घरमा empathetic, adaptive र intuitive अनुभव प्रदान गर्दछ।हरेक नेपाली घरका लागि प्रिमियम विकल्पहरू

LG AI TV नेपालमा निम्न चार प्रिमियम सिरिजहरूमा उपलब्ध हुनेछः

LG OLED evo AI
LG QNED AI
LG NanoCell AI
LG UHD AI
प्रत्येक मोडेलमा LG को अत्याधुनिक AI क्षमता, बेस्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य series उपलब्ध छन्, जसले हरेक नेपाली परिवारको आवश्यकतालाई पूरा गर्छ।

मनोरञ्जन प्रविधिमा नयाँ मापदण्ड

“LG AI TV को आगमनसँगै, हामी नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग आरम्भ गर्दैछौं। यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरुसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ,” भन्नुहुन्छ मुकेश कुमार बैठा, मार्केटिङ र ब्राण्ड प्रमुख, एल. जी ।

“हामी नेपालमा विश्वस्तरीय नवप्रवर्तन प्रस्तुत गर्न पाउँदा उत्साहित छौं र स्मार्ट, कनेक्टेड लिभिङको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राख्छौँ,” उनले थपे ।

उपलब्धता

नयाँ LG AI TV series अहिले नेपालभर रहेका सबै आधिकारिक LG शोरूम तथा रिटेल पार्टनरहरूमा उपलब्ध छ। ग्राहकहरूले नजिकको शोरूममा गई प्रत्यक्ष डेमो तथा AI फिचरहरूको अनुभव लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij