२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामसङ नेपालको ‘वार्म विन्टर अफर’

सामसङ नेपालको ‘वार्म विन्टर अफर’

640
Shares

काठमाडाैं – सामसङ नेपालले यस जाडो महिनालाई झन् सहज र आरामदायक बनाउनका लागी वार्म विन्टर अफरको घोषणा गरेको छ। यो अफर नोभेम्बर २१ देखि जनवरी १४ सम्म देशभरका अधिकृत सामसङ रिटेलरहरूमा लागू हुनेछ।

अफरअन्तर्गत वाशिङ मेसिन र रेफ्रिजिरेटरका विभिन्न प्रकारमा आकर्षक छुट तथा क्यासब्याक र सरल फाइनान्स सुविधा उपलब्ध हुनेछ।

ग्राहकहरूले ७ किलो देखि १२ किलोसम्मका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, एफएटीएल र एसएटीएल वाशिङ मेसिनहरूमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्।

त्यसैगरी, सिंगल-डोर, डबल-डोर र साइड-बाई-साइड सामसुङ रेफ्रिजरेटरहरूमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ।

सामसङ वाशिंग मेशिन र रेफ्रिजरेटर ले डीआइटी मोटरमा २० वर्षको वारेन्टी मार्फत दीर्घायु सुनिश्चित गर्छ, र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij