२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष रमेश अर्यालले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष रमेश अर्यालले लिए पद तथा गोपनीयताको शपथ

1.3K
Shares

काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

कम्पनीको संचालक समितिको मिति २०८२ साल मंसीर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका अर्याललाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij