२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्स्योरेन्स बन्यो ‘एनएफआर–१७’ अनुसार वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी

शिखर इन्स्योरेन्स बन्यो ‘एनएफआर–१७’ अनुसार वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी

990
Shares

काठमाडौँ – शिखर इन्स्योरेन्स लिमिटेड ‘नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड–१७, इन्स्योरेन्ज कन्ट्रयाक्ट (एनएफआरएस–१७’ बमोजिम वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बीमा कम्पनी बनेको छ। कम्पनीले एनएफआरएस–१७ बमोजिम चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो उपलब्धि हासिल गरेको हो ।
कम्पनीले बीमा प्राधिकरणबाट जारी गरिएको वित्तीय विवरणसम्बन्धि निर्देशिका बमोजिमको त्रैमासिक वित्तीय विवरणसँगै एनएफआरएस १७ बमोजिमको संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ ।

यसले पारदर्शिता, सुशासन र विश्वव्यापी वित्तीय प्रतिवेदनमान तथा मापदण्डको परिपालनतर्फ कम्पनी अघि बढेको संकेत गरेको कम्पनीले जनाएको छ ।
एनएफआरएस–१७ प्रतिवेदनअनुसार कम्पनी पहिलो त्रैमासमा ४ करोड २५ लाख घाटामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij