२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्स्योरेन्स र इसेवाद्वारा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

शिखर इन्स्योरेन्स र इसेवाद्वारा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

750
Shares

काठमाडौँ- डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र नेपालको एक प्रमुख तथा विश्वसनीय निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बीमा योजना “सहारा हेल्थ इन्स्योरेन्स” सार्वजनिक गरिएको छ ।

यस बीमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा प्रदान गर्नु हो । यो योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकहरूका लागि उपलब्ध हुनेछ । सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत, बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण देखि दुर्घटना उपचारसम्मको सेवा सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

यो बीमा योजना रु. २ लाख, ३ लाख र ६ लाख बीमांकका विकल्पहरूमा उपलब्ध छ, र यसको प्रारम्भिक प्रिमियम मात्र रु. १,३९९ बाट सुरु हुन्छ ।

यस सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर Cash Reimbursement गर्न सकिन्छ। त्यसैगरी, बीमित व्यक्तिले देशभरका शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ। यसले आकस्मिक अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ। साथै, यस योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह (Telehealth Consultation) सेवा पनि समावेश गरिएको छ। जसले बीमितलाई स्वास्थ्य सल्लाह लिन अझ सजिलो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij