२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जेनजी आन्दोलनः बिमा कम्पनिहरु माथि २० अर्व ७० करोडको प्रारम्भिक बीमा दाबी

जेनजी आन्दोलनः बिमा कम्पनिहरु माथि २० अर्व ७० करोडको प्रारम्भिक बीमा दाबी

1.8K
Shares

काठमाडौं – भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड ३८ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भदौ ३१ गतेसम्ममा कुल १९८४ वटा बीमा दावीबापत उक्त रकमको कुल बीमा दावी परेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार  सबैभन्दा बढी द ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब १४ करोडको दाबी परेको छ ।

त्यसपछि सिद्धार्थ प्रिमियरमा ४ अर्ब ९३ करोडको, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोडको आईजीआईमा १ अर्ब ५९ करोडको, सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोडको, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोडको तथा नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड बढीको बीमा दाबी परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij