२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कनेक्ट आइपिएसको ‘शुभयात्रा’ अफर सार्वजनिक

कनेक्ट आइपिएसको ‘शुभयात्रा’ अफर सार्वजनिक

1.4K
Shares

काठमाडौं-फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आइपिएसबाट शुभयात्रा अफर सार्वजनिक भएको छ। जसअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आइपिएसमार्फत गर्दा भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ।

क्यासब्याक अफर बुद्ध एयर, श्री एयरलाइन्स, यति एयरलाइन्स र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपिएसबाट भुक्तानी गर्दा ग्राहकहरुले एक सय एक रूपैयाँ क्यासब्याकका साथै पाँच लक्की जोडीलाई माउन्टेन फ्लाइट जित्ने मौका पाउन सक्नेछन्। त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपिएसबाट गर्दा पाँच सय एक क्यासब्याक प्राप्त गर्न सकिन्छ।

साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा प्रोमो कोड प्रयोग गरेर तीन सय रूपैयाँ एयरलाइन्सको छुटसँगै १० लक्की जोडीले माउन्टेन फ्लाइट जित्ने मौका प्राप्त गर्न सक्नेछन्। त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपिएस मार्फत भुक्तानी गर्ने पहिलो एक हजार ग्राहकले ५१ रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्।

यी अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ । कनेक्ट आइपिएस बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीका लागि सजिलो माध्यम हो। कनेक्ट आइपिएसको नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij