२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दराज नेपालद्वारा ९.९ दशैँ धमाका – “बडा दशैं, बडा तयारी” अभियानको घोषणा

दराज नेपालद्वारा ९.९ दशैँ धमाका – “बडा दशैं, बडा तयारी” अभियानको घोषणा

2.1K
Shares

काठमाडौं समस्त नेपालीहरुको महान चाड बडा दशैं नजिकिँदै गर्दा, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपाललेले आफ्नो बहुप्रतिक्षित वार्षिक अभियान ९.९ दशैँ धमाका – “बडा दशैं, बडा तयारी” सुरु गरेको घोषणा गरेको छ । यस वर्षको दशैँ धमाका र दराजको वार्षिकोत्सव संग सँगै परेको छ । यस कारण पनि दराज नेपालले यो बर्षको ९.९ दशैँ धमाका, “बडा दशैं, बडा तयारी”का माध्यमबाट उपभोक्ताहरूको दशैं किनमेल अनुभवलाई अझ विशेष, रोमाञ्चक र लाभदायी बनाउने लक्ष्य लिएको छ । भदौ २४ देखि असोज ७ , २०८३ (सेप्टेम्बर ९ – २३, २०२५) सम्म चल्ने यो सेलमार्फत उपभोक्ताहरूले ७५% सम्मको छुट, निःशुल्क डेलिभरी र रु. १ लाखभन्दा बढीको खरिदमा रु. १०,००० सम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

यस वर्षको दशैँलाई अझ भव्य बनाउने उद्देश्यका साथ दराजले आफ्ना प्लेटिनम पार्टनरहरू सेताफिल, एईविबी, एंकर, यूनिलिभर, होनासा, गायत्री गु्रप, न्यूलाइट, रोह्टो, मसलब्लेज र ब्राण्डहाउस मार्फत ७०% सम्म छुट उपलब्ध गराउने छ । गोल्ड पार्टनरहरू मारिको, डा.शेठ्स, ग्रिन लाइफ एक्स्पेरियन्स र मामिपोकोका तर्फबाट ६०% सम्म छुट उपलब्ध हुनेछन् भने सिल्भर पार्टनरहरू न्यानो, ट्रिकाया र फ्यानटेकले ४०% सम्म छुट उपलब्ध गराइने ब्यवस्था मिलाइएको जानकारी दिइएको छ । यसका अतिरिक्त भ्यान्स, कन्भर्स, एर्के, लोट्टो, पोषिलो फुड्स, ब्रिल्एर, अस्टाबेरी र अलेवा लगायत ५० भन्दा बढी अग्रणी ब्रान्डहरूमा ५०% भन्दा बढी छुट उपलब्ध गराइनेछ । यसले उपभोक्तालाई दशैँको तयारीका लागि आवश्यक हरेक सामग्रीदेखि फेशन र जीवनशैली लगायतका उत्पादनसम्म सबथोक एकैपटक एकै स्थानमा सहजै किन्ने अवसर प्रदान गर्ने उद्देश्य दराजले लिएको छ ।

दशैँ धमाका अन्तर्गत दराजले सातओटा प्रमुख बैंकहरूसँग सहकार्य गरी प्रिपेमेन्ट छुट पनि उपलब्ध गराउने जानकारी दिएको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताले १५% छुट (रु. १,५०० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताले १०% छुट (रु. १,००० सम्म) पाउनेछन् । यस अभियानमा सहभागी बैंकहरूमा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्रभु बैंक, ज्याति बिकास बैंक, महालक्ष्मी बिकास बैंक र गरिमा बिकास बैंक रहेका छन् ।

अभियान अवधिभर, उपभोक्ताहरु माझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधा पनि यथावत रहनेछ । न्यूनतम रु. ४९९ को खरिद गर्दा छानिएका उत्पादनहरूमा डेलिभरी निःशुल्क हुने कम्पनीले जानकारी दिएको छ । यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नु पर्ने हुन्छ ।

दराजको दशैँ धमाका अभियान केवल छुट र अफरमा मात्र सीमित छैन । उपभोक्ताहरूलाई सहज भुक्तानी, फास्ट डेलिभरी, विश्वासिलो रिटर्न प्रणाली सहित पृथक तथा अविस्मरणीय किनमेल अनुभव प्रदान गर्न पनि दराज प्रतिबद्ध देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij