२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ललितपुरमा लेमिनार टायल्सको डिलर शोरूम

ललितपुरमा लेमिनार टायल्सको डिलर शोरूम

2.1K
Shares

काठमाडौं – भिट्रिफाइड टायल्स ब्रान्ड लेमिनार टायल्सले ललितपुर, कुपण्डोलस्थित कानदेउतास्थानमा डिलर शोरूम सञ्चालनमा ल्याएको छ।

सेरामिक संसारलाई आधिकारिक डिलरको रूपमा नियुक्त गर्दै शुक्रबार आयोजित कार्यक्रममा सञ्चालक कृष्ण कोइराला र टेक बहादुर टमाटा तथा लेमिनार टायल्सका निर्देशक आशुतोश खेतानले संयुक्त रूपमा शोरूम उद्घाटन गरे।

कार्यक्रममा निर्देशक खेतानले लेमिनार टायल्स बलियो, टिकाउ र उच्च लोड बियरिङ क्षमतायुक्त रहेको उल्लेख गर्दै देशभर १०० भन्दा बढी विशेष शोरूम विस्तार गर्ने योजनाबारे जानकारी दिए।

लेमिनार टायल्सको उत्पादन बर्दियाको गुलरियामा अवस्थित १२.५ बिगाह क्षेत्रफलको अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रमा भइरहेको छ।

Laxmi bank
कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइन र पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ। जसलाई ९९.९२ प्रतिशत वाटरप्रुफ र अन्य सेरामिक टायल्सभन्दा चार गुणा बढी टिकाउ दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij