२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्रिप टर्बोले “ट्राभल मेला २०२५” सुरु गर्यो, नेपालको सबैभन्दा ठूलो ट्राभल महोत्सव

ट्रिप टर्बोले “ट्राभल मेला २०२५” सुरु गर्यो, नेपालको सबैभन्दा ठूलो ट्राभल महोत्सव

1.6K
Shares

नेपालको सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले देशको सबैभन्दा ठूलो अनलाइन ट्राभल महोत्सवको दोस्रो संस्करण, ट्राभल मेला २०२५, शुरु गरेको घोषणा गरेको छ, जुन सेप्टेम्बरदेखि अक्टोबर २०२५ सम्म सञ्चालन हुनेछ । यो डिजिटल–फर्स्ट महोत्सवमा आकर्षक ट्राभल अफरहरू, साप्ताहिक फ्ल्यास सेल र रोमाञ्चक गिभअवेहरू समावेश छन्, जसमा एक भाग्यशाली विजेताले बैंककको राउन्डट्रिप फ्लाईट जित्न सक्नेछ ।

“ट्राभल मेला २०२५ मार्फत हाम्रो उदेश्य ट्राभल सबैका लागि सजिलो, रोमाञ्चक र फलदायी बनाउनु हो,” ट्रिप टर्बोका संस्थापक शिखर प्रसाई भन्छन् । “विशेष छुटदेखि बैंकक गेटअवे जस्ता उपहारसम्म, हामी नेपालभरका यात्रुहरूलाई अझ बढी अन्वेषण गर्न, बचत गर्न र ट्राभलको आनन्द लिन थप कारण दिइरहेका छौं ।”

ट्राभल मेला २०२५ भाग्यशाली विजेताहरूका लागि रोमाञ्चक पुरस्कारहरूका साथ भरिएको छ । सहभागीहरूले बैंककको राउन्डट्रिप फ्लाईट, हवाई बलुन राईड र हाईग्राउन्ड एड्भेन्चर्सका रोमाञ्चक अनुभवहरू जस्तै जिपलाइन, बञ्जी, स्काइ स्क्रिमर र एटीभी राईड जित्न सक्छन् । अन्य पुरस्कारहरूमा बुद्ध एयर माउण्टेन फ्लाईट, पोखरा फ्लाईट, १ रात / २ दिनको लक्जरी बसाई त्रिशूली भिल्लामा र स्काइवाक, प्याडल नेपाल स्ट्यान्ड अप प्याड्लिङ (SUP), फन ल्याण्ड आईस स्केटिङ पास जस्ता अरू धेरै एड्भेन्चर गतिविधिहरू जित्न सक्छन् ।

यात्रुहरूले महोत्सव अवधिभर आकर्षक अफरहरूको फाइदा लिन सक्छन् । विभिन्न गतिविधिहरूमा ५०% सम्म छुट, अल्ट्रालाइट फ्लाईट, प्याराग्लाइडिङ, बञ्जी, राफ्टिङ, क्यानोनीङ, एटीभी (क्वाड बाईक) र अन्य धेरैमा रु. ६,५०० सम्म छुट पाउन सकिन्छ । साथै विशेष फायर सेल अवधिमा बस र उडानमा रु. ३०० सम्म छुट पाउन सकिन्छ ।

ट्रिप टर्बो प्रयोगकर्ताहरूले आफ्नो TT Coins, ट्रिप टर्बोका लोयल्टी पोइन्टस्, प्रयोग गरेर विशेष छुट र फ्रीबीहरू पाउन सक्छन् । यसमा उडानमा रु. ३०० छुट, बसमा रु. १०० छुट, निःशुल्क क्यूएफएक्स चलचित्र टिकट, फूडमान्डू अर्डरमा रु. ५०० सम्म छुट, बिगमार्टमा रु. ५०० सम्म छुट र अल्टिमा प्रोडक्टस्मा रु. ७०० सम्म छुट पाउन सकिने छ । प्रयोगकर्ताहरूले हवाई बलुन राईड, प्याराग्लाइडिङ, एटीभी राईड, त्रिशूली भिल्ला बसाई र अन्यमा रु. १,३५० सम्म छुट पाउन पनि सक्छन् ।

यो अवधिभर ट्रिप टर्बो प्लेटफर्म मार्फत कुनै पनि उडान, बस वा गतिविधि बुक गर्ने सबै ग्राहकहरू स्वचालित रूपमा गिभअवेमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij