२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दराज नेपालले गर्यो सातौं वार्षिक सेलर सम्मिट सम्पन्न

दराज नेपालले गर्यो सातौं वार्षिक सेलर सम्मिट सम्पन्न

1.5K
Shares

काठमाडौं – अनलाइन मार्केटप्लेस दराज नेपालले सातौं वार्षिक सेलर सम्मिट सम्पन्न गरेको छ। ‘ह्याप्पी सेलिङ’ भन्ने नारा सहित साउन ३० गते आयोजित कार्यक्रममा देशभरिबाट करिब ४७० जना विक्रेताको सहभागिता रहेको थियो।

विक्रेताको सशक्तिकरणका उद्देश्यसहित सुरु गरिएको सेलर सम्मिटलाई यस वर्ष दराजले अझ परिस्कृत र सुदृढ बनाएको जनाएको छ। कार्यक्रममा विक्रेताको अनुभवलाई सहज बनाउने, पहिचानलाई एकीकृत गर्ने, योगदानलाई सम्मान गर्ने र व्यापारलाई अझ सबल बनाउन आवश्यक स्रोत उपलब्ध गराइएको दराजले जनाएको छ।

‘दराजको सफलताको आधार हाम्रा विक्रेताको लगनशीलता हो। स्थानीय साना तथा मझौला उद्यमलाई डिजिटल उपकरण उपलब्ध गराउँदै लाखौं उपभोक्तासम्म पुर्‍याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ,’ दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्। कार्यक्रमको विशेष आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटलाई सम्मान गरिएको थियो।

उनीहरूलाई लगनशीलता, नवीनता र ग्राहकलाई प्राथमिकतामा राखेको दृष्टिकोणका आधारमा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ। यस वर्ष सम्मानितहरूमा सेलर अफ द इयर २०२५–वान प्लस, मनबाटै नेपाली अवार्ड–त्रिकाया, टप एसएमई सेलर–स्मार्ट च्वाइस एनपी, टप इमर्जिङ सेलर–ग्लेन नेपाल, दराज राइजिङ एफिलिएट अफ द इयर–श्रृष्टि सुनुवार, टप इलेक्ट्रोनिक्स सेलर–अल्टिमा लाइफस्टाइल, टप फेशन सेलर–ब्राण्ड हाउस, दराज कस्टमर च्वाइस अवार्ड–ई मेला लगायत छन्।

दराजले यो अवसरलाई विक्रेताको उपलब्धी मात्र नभई भविष्यमा सहकार्य र साझा सफलताको नयाँ अध्यायको सुरुवातको रुपमा लिएको जनाएको छ।
कम्पनीले आगामी दिनमा पनि आफ्ना विक्रेताको दिगो वृद्धिमा योगदान दिँदै नेपालको ई–कमर्स क्षेत्रलाई अझ सबल बनाउन प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij