काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ। जुन गत आवको भन्दा १.२५ प्रतिशतले बढि हो। गत आवको यसै अवधिसम्म कम्पनीले ३६ करोड ६१ लाख रुपैयाँ खुद नाफा खुद नाफा गरेको थियो।
यस समिक्षा अवधिसम्म कम्पनीले ५ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा २२.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन ४ अर्ब २३ करोड रुपैयाँ थियो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी पनि ५ अर्ब ५७ करोडबाट बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च ६ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ८४ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।
यस अवधिमा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब ११ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गतआर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ३६.७५ प्रतिशतले वृद्धि भएर १३ अर्ब ८३ करोड पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ संचित गरेको छ भने महाविपत्तीकोषमा ११ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ५१ करोड ४१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.२६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११५.९२रुपैयाँ र पीई अनुपात ७१.९६ गुणा कायम भएको छ ।
कम्पनीको महावित्तती कोषको आकार ९ करोड १४ लाखबाट बढेर ११ करोड ४७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ४१ लाख र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij