काठमाडौं – नेपाली बजारमा पहिलोपल्ट पञ्चकन्या समूहले रङ्गिन लेमिनेटेड युपिभिसी प्रोफाइल (झ्याल–ढोकाको फ्रेम बनाउने मुख्य संरचना)ल्याएको छ। पञ्चकन्या डिमेक्स युपिभिसी नाम दिएर बजारमा ल्याइएको हो।
समूहले बजारमा ल्याएको उक्त युपिभिसी खरिद गर्नेले २० वर्षको वारेन्टी पाउने छन्। सम्भवतः युपिभिसीको दुनियाँमा यति धेरै समयको वारेन्टी पञ्चकन्या समूहको उत्पादन बाहेक अरूमा नरहेको पञ्चकन्या डिमेक्स प्रालिका अध्यक्ष उज्ज्वल श्रेष्ठको भनाई छ।

पञ्चकन्या समूहले जति पनि युपिभिसि बजारमा ल्याएको छ, ती सबै युरोपियन स्टान्डर्ड जर्मन टेक्नोलोजीमा आधारित छन्। नेपालमा रङ्गिन युपिभिसी उत्पादन गर्ने पञ्चकन्या पहिलो उद्योग हो। युपिभिसी झ्याल, ढोका र पाइपजस्ता निर्माण सामग्री बनाउन प्रयोग गरिने एक प्रकारको कडा र टिकाउ प्लास्टिक (अनप्लास्टिसाइज्ड पोलिभिनाइल क्लोराइड) हो।
कम्पनीले पञ्चकन्या डिमेक्सका उत्पादनहरू सन् २०२४ बाटै बजारमा ल्याइसकेको थियो। तर भर्खरै यसलाई औपचारिक रुपमा बजारमा ल्याइको छ। बजारमा प्रवेश गरेसँगै यसले नेपाली उपभोक्ताको मन जितेको छ। अहिलेसम्म नै यसले कुल नेपाली बजारमा आफ्नो हिस्सा २० प्रतिशत पुर्याइसकेको कम्पनीको दाबी छ। आउने दिनमा यसलाई विदेशमा समेत निर्यात गर्ने लक्ष्य कम्पनीको छ।

पञ्चकन्या डिमेक्स युपिभिसी पञ्चकन्या समूह र रितेश सिलवाल तथा नारायण केसीको साझेदारीमा स्थापना भएको हो। यी दुवै व्यवसायी फेब्रिकेसन क्षेत्रमा लामो समयदेखि संलग्न छन्। यसको उद्योग भैरहवामा दुई बिघा जमिनमा फैलिएको छ। हाल यसमा करिब ८० करोड रुपैयाँ लगानी भइसकेको कम्पनीले जनाएको छ।
पञ्चकन्या डिमेक्सको उत्पादन क्षमता ६ हजार टन छ। नेपालमा पहिलो पटक रङ्गिन युपिभिसी उत्पादन गरेको कम्पनीले हाल हाल ग्रे (खरानी), ब्ल्याक (कालो), वाल नट (गाढा खैरो) र गोल्डेन ओक (सुनौलो खैरो) गरी चार रङमा उपलब्ध गराइरहेको जनाएको छ। कम्पनीले चालु आर्थिक वर्ष चार नयाँ ब्रान्डहरू सार्वजनिक गरेको छ। जसमा पञ्चकन्या डिमेक्स, नियोप्लास्ट, टोनिस र साल छन्। यसलाई इकोनोमिक, मिडियम र प्रिमियम गरी विभिन्न सिरिजमा वर्गीकरण गरिएको छ। यिनको गुणस्तर र मूल्य फरक छ। हाल यसको मुख्य शोरूम ललितपुरको जावलाखेलमा छ भने सहायक शोरूम झम्सिखेलमा छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij