काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१।८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्तालाई पोखरामा आयोजित ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२५’ मा भव्य रुपमा सम्मान गरेको छ।
पोखराको ग्राण्ड होटलमा आयोजित ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट २०२५’ कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई विशेष अवार्ड प्रदान गरिएको हो । कम्पनीले उक्त कार्यक्रम आफ्नो अभिकर्ताहरूको व्यावसायिक सफलता, समर्पण र निरन्तरताको कदरस्वरूप आयोजना गरेको जनाएको छ ।
समारोहमा कम्पनीका सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, चिफ मार्केटिङ अफिसर, प्रदेश प्रमुख र अन्य कर्मचारीहरू सहभागी थिए ।
कार्यक्रमका प्रमुख अतिथि आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीको सफलतामा अभिकर्ता र कर्मचारीहरूको निरन्तर सहकार्यको ठुलो योगदान रहेको बताए । उनले भविष्यमा कम्पनीलाई अझ प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित बनाएर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij