२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाईफ इन्स्योरेन्स उत्कृष्ट वित्तीय विवरण अवार्डबाट सम्मानित

आइएमई लाईफ इन्स्योरेन्स उत्कृष्ट वित्तीय विवरण अवार्डबाट सम्मानित

1.4K
Shares

काठमाडौं -आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०।८१ का लागि उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदन सम्मान पाएको छ।

इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपाल(आइक्यान) ले शुक्रबार होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमका बीच कम्पनीलाई नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४” ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्रदान गरेको हो।

समारोहका कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र प्रमुख वित्त अधिकृत जगत बोहराले संयुक्तरूपमा नेशनल वेष्ट अवार्ड प्रेजेण्टेट एनुअल रिपोर्ट अवार्ड सम्मान ग्रहण गरेका थिए ।

कम्पनीले यो सम्मान् पारदर्शिता र संस्थागत सुशासन प्रतिको प्रतिबद्धताको प्रमाण भएको जनाउँदै कम्पनीको यो उपलब्धीमा प्रत्यक्ष अप्रत्यक्ष योगदान दिने सबैलाई आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij