काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुन: नारायण बाबु लोहनी नियुक्त भएका छन् । कम्पनीको असार १९ गते बसेको संचालक समितिको बैठकले लोहनीलाई पुन: सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको नयाँ कार्यकाल आगामी साउन १८ गतेदेखि सुरु हुने छ। लोहनी यसअघि पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका थिए। कम्पनीले उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij