२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआइसी नेपालको मूल्य समायोजन

एलआइसी नेपालको मूल्य समायोजन

1.3K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सकाे १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ८२५ रुपैयाँ ७८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको अन्तिम शेयरमूल्य ९०८ रुपैयाँ ३६ पैसा कायम भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij