काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद सेयर बाँडफाँट भएको छ । शेयरधनीहरुलाई १ः०.२७ अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गरेको थियो। कम्पनीको हकप्रद शेयर बिहीबार धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट गरिएको छ। रितपूर्वक आवेदन दिने ३ लाख ९० हजार ३५० शेयरधनीलाई १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता शेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
यसआधारमा २ लाख २४ हजार ७२८ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अब कम्पनीले लिलामीमा ल्याउनेछ । यस कम्पनीले वैशाख ३० गतेदेखि असार ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij