२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफ इन्स्योरेन्सको १८औं साधारण सभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको १८औं साधारण सभा सम्पन्न

1.2K
Shares

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्सको लिमिटेडको १८औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। काठमाडौँ भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा कम्पनीको सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रूपैयाँको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। यसका साथै गत आवको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरेको छ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि पारित भएको हो ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र गत आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij