२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

आज नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

1.5K
Shares

काठमाडौं – नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ जेठ २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।

नेपाल धितोपत्र बोर्डले गत जेठ ७ गते नेपाल इन्स्योरेन्सलाई हाल कायम चुक्तापुँजीको १०ः४ अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई पौने ६६ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँबराबरको हकप्रद शेयर ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९३७।७६ रुपैयाँबराबरको हकप्रद शेयर बिक्री गर्नेछ।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार ३०० रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७२ हजार ७६ रुपैयाँ पुग्नेछ।

नेपाल बीमा प्राधिकरणले तोकेको निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० रुपैयाँ कायम गरेको छ। हकप्रद बिक्रीपछि नेपाल इन्स्योरेन्सको पनि न्यूनतम चुक्तापुँजी कायम हुनेछ।

इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij