२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एशियन लाईफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

एशियन लाईफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका

1.1K
Shares

काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर  सुरक्षित गर्ने आज जेठ १४ गते अन्तिम दिन रहेको छ ।   ४२ प्रतिशत हकप्रद सेयरमा आज जेठ १४ गते बुधबारसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ । भोली जेठ १५ गते गणतन्त्र दिवसका कारण सरकारले सार्वजनिक विदा दिएको छ । यसदिन सेयर कारोबार पनि बन्द हुन्छ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीहरुले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । यसआधारमा अर्ब १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको सेयर जारी हुनेछ । हकप्रद बिक्रीपछि एसियन लाइफको चुक्ता पुँजी ४ अर्ब ८२ करोड रुपैयाँमाथि पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij