काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ ११ गते आइतबार बुक क्लोज गर्ने भएको छ । तसर्थ, लाभांश दाबी गर्न आज जेठ ८ गते बिहीबारसम्म सेयरधनी कायम हुनुपर्नेछ ।
रिइन्स्योरेन्सले ४.७५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । हिमालयन रिइन्स्योरेन्सको लाभांश प्रस्ताव पारित गर्न जेठ २५ गते साधारण सभा बस्ने भएको छ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभामा कम्पनीले ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद गरी कुल ४.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
त्यस्तै, सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्नेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij