२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आब्हान, बुकक्लोज कहिले ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आब्हान, बुकक्लोज कहिले ?

1.2K
Shares

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सभा आब्हान गरेको छ। कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले असार २ गते, आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ २६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij