काठमाडौं – एसियन लाइफ इन्स्योरेन्स लिमिटेडले ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
सोही अनुसार जेठ १५ गतेसम्म कायम इन्स्योरेन्सका शेयरधनीहरुले हकप्रद शेयर खरिद गर्न पाउने छन् । इन्स्योरेन्सले १ः०.४२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारि गर्ने भएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij