२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1.4K
Shares

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३१ गते बिहान बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले आर्थिक वर्ष २०८०र८१का लागि कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ ।

साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०।७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij