२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सको नाफा बढ्यो

सिद्धार्थ प्रिमियमर इन्स्योरेन्सको नाफा बढ्यो

1.1K
Shares

काठमाडौं – – सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २४.०३ प्रतिशतले थोरै हो । गत वर्ष यसले ५९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी घटेसँगै नाफा प्रभावित भएको हो । तेस्रो त्रैमाससम्ममा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३०.८२ प्रतितशले घटेको छ । गत वर्ष ५२ करोड ७३ लाख रुपैयाँ लगानी तथा कर्जाबाट आम्दानी गरेको कम्पनीको अहिले घटेर ३६ करोड ४८ लाख रुपैयाँमा झरेको छ ।

यता, कम्पनीको खुद बिमा शुल्क भने ३.१४ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ कायम भएका छ । गत वर्ष यसले १ अर्ब ३२ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

यसअवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आदानी पनि घटेको छ । गत वर्ष २८ रुपैयाँ ३७ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर २१ रुपैयाँ ५५ पैसा कायम भएको । यसको प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ७२ पैसा रहेको छ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ६८ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij