२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

शिखर इन्स्योरेन्सको नाफा सामान्य बढ्यो

610
Shares

काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक सामान्य बृद्धि भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १६.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ६.८४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २५.३९ प्रतिशत र कुल खर्च १०.७१ प्रतिशत बढेको छ।

नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ३३ पैसा घटेर १६ रुपैयाँ २९ पैसामा सीमित भएको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४६.८१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ८१ पैसा रहेको छ।

२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ती कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करोड ६१ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij