काठमाडौं -हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले बीमितलाई प्रति वर्ष प्रति हजारमा अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ। गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधिकरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij