काठमाडौं – नेपाल बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । सरकारले बिमा प्राधिकरणमा रिक्त महिला सञ्चालकमा राधा पोखरेललाई नियुक्त गरेको हो ।
अर्थमन्त्रीस्तरीय निर्णयबाट पोखरेललाई प्राधिकरणको महिला सञ्चालकमा नियुक्त गरिएको हो। उनको नियुक्ति चैत १ गतेदेखि लागू भएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।
बीमा ऐन, २०७९ मार्फत प्राधिकरण सञ्चालक समितिमा महिला सदस्य हुनुपर्ने प्रावधान ल्याइएको थियो। सोही प्रावधानबमोजिम पोखरेललाई अर्थमन्त्री विष्णु पौडेलले महिला सञ्चालकमा नियुक्त गरेका हुन्।
पोखरेल विशाल बजार कम्पनीको सञ्चालक पनि हुन्। पोखरेल नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij