२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाइफको आठौँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आइएमई लाइफको आठौँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

1.6K
Shares

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  आफ्नो आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा दियो महल, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८०/०८१ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको २१.०५२६४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० /०८१ एनएफआर बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनीको लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०८१/०८२ का लागि कम्पनीको बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स चाटर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन सक्ने प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको प्रबन्ध (पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनी ऐन, २०६३ को दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij