२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेस्डर’मा नायिका स्वस्तिमा खड्का नियुक्त

नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेस्डर’मा नायिका स्वस्तिमा खड्का नियुक्त

1.4K
Shares

काठमाडौं-नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। सोमबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र अभिनेत्री स्वस्तिमा खड्काबीच यस विषयमा सम्झौता भएको हो।

कार्यक्रममा प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रकी ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरूको प्रवर्द्धन र बजारीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।
ब्रान्ड एम्बेसडर खड्काले नेपाल टेलिकमसँग आवद्ध हुन पाउँदा खुसी व्यक्त गर्दै कम्पनीको हित अभिवृद्धि हुने गरी काम गर्ने प्रतिबद्धता जनाइन् ।

सम्झौता अनुसार खड्काले नेपाल टेलिकमका सेवाहरूको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्रान्ड संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij