काठमाडौं । सतुङ्गलमा मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा।लिको नयाँ शाखा उद्घाटन भएको छ । बुधवार शंकर ग्रुप नेपालका अध्यक्ष शंकरलाल अग्रवालले रिवन काटेर उक्त प्रा।लिको उद्घाटन गरेका हुन् । आजबाट काठमाडौंमा थलि र सतुङ्गल गरि दुईवटा शाखाबाट व्यवसाय सुरू भएको छ । मुख्य कार्यालय बनेपा रहेको मनकामना हार्डवेयर एण्ड सप्लायर्स प्रा।लि। ले बनेपा, भकुण्डे, सिन्धुली, बर्दिबास, नारायणगढ र थली काठमाडौंबाट आफ्नो व्यवसाय गर्दै आएको छ ।
उद्घाटन कार्यक्रम पश्चात निर्देशक रोशन पाठकले सतुङगल वरपरको बासिन्दाहरुलाई सरल र सुलभ रुपमा निर्माणजन्य सामाग्री उपलव्ध गराउने उद्देश्यले नयाँ शाखा स्थापना गरेको बताएका छन् ।
उनले भने, ‘यो लोकेशन राम्रो छ । यहाँको बासिन्दाहरुलाई सरल र सुलभ रुपमा निर्माणजन्य सामाग्री उपलव्ध गराउने त्यसको अलवा काठमाडौं उपत्यकाभित्र जतिपति हार्डवेयर पसलहरु छन् त्यो सबैलाई हामी यहाँबाट नै सेवा दिन चाहान्छौ ।’
उनले सानो व्यापारीहरुलाई लगानी गर्न गाह्रो हुने भएकाले ठुलो लगानी गरेर सामान स्टक राख्न नपरोस् भन्दै सानो व्यापारीहरुको आवश्यकता अनुसार काम गर्ने बताए ।
उक्त कार्यक्रममा नेपालको निर्माण सामाग्री उत्पादन गर्ने प्राय सबै उद्योगका प्रमुख, प्रतिनिधिहरू र निर्माण क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij