२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजी इन्स्योरेन्सको नाफा घट्यो

एनएलजी इन्स्योरेन्सको नाफा घट्यो

1.1K
Shares

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा घटेको छ । यसअवधिमा खुद नाफा १४.९० प्रतिशतले घटेर ७ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसैअवधिमा यसले ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १७.२२ प्रतिशतले घटेर ९ करोड ८० लाख रुपैयाँ कायम भएको छ । यसअवधिमा कम्पनीको खुद बिमा शुल्क ४१.४५ प्रतिशतले बढेर ४४ करोड ३५ लाख रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ८ करोड २१ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ४२ पैसाले घटेर ९ रुपैयाँ ५८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ८३ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij