काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०८०।८१ का लागि आकर्षक लाभांश घोषणा गरेको हो। मुनाफाबाट २१.०५२६४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले उक्त लाभांश नगदमा दिने निर्णय गरेको छ । सो रकम कर सहितको हो ।
घोषित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij