२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसियन लाइफ इन्स्योरेन्सको नाफामा ५६.५५ प्रतिशतले बढ्यो

एसियन लाइफ इन्स्योरेन्सको नाफामा ५६.५५ प्रतिशतले बढ्यो

1.2K
Shares

काठमाडौं – एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । यसअवधिमा इन्स्योरेन्सको खुद नाफा ५६.५५ प्रतिशतले बढेर २५ करोड ३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा इन्स्योरेन्स को खुद बिमाशुल्क १५.५३ प्रतिशत र कुल आम्दानी ८.९२ प्रतिशतले बढेको छ । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ५.६५ प्रतिशतले घटेको छ । यसको जीवन बिमा कोष ४२ अर्ब ९९ करोड रुपैयाँबाट बढेर ४५ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ ।

यसअवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आदानी पनि बढेको छ । गत वर्ष ९ रुपैयाँ ४१ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले बढेर १४ रुपैयाँ ७२ पैसा कायम भएको । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २३ पैसा रहेको छ ।

हाल यसको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ५६ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij