२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा १ करोड बढी, अन्य वित्तीय अवस्था कस्तो?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफा १ करोड बढी, अन्य वित्तीय अवस्था कस्तो?

1.3K
Shares

काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३० करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स आज (माघ २७ गते) आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आएको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद आर्जित बीमाशुल्क ११ करोड ८७ लाख रुपैयाँ रहेको छ भने कुल आम्दानी १५ करोड ३ लाख रुपैयाँ रहेको छ। त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी ८ करोड २७ लाख रुपैयाँ र कुल खर्च १३ करोड ८७ लाख रुपैयाँ रहेको छ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको महाविपत्ती कोषमा १३ लाख ५१ हजार रुपैयाँ, रिटन्ड अर्निङ्गमा ७७ लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ४ रुपैयाँ ४१ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij