काठमाडौं – सामसङ नेपालले ग्यालेक्सी एस२५ सिरिज लन्च गर्दै प्रि-अर्डर खुला गरेको छ। नेपालमा आयोजित एक कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिज अनावरण गरे।
सामसङका अनुसार ग्यालेक्सी एस२५ सिरिज स्मार्टफोनको नयाँ त्रु एआई कम्प्यानियन हो। यसमा स्न्यापड्रागन ८ एलीट प्रोसेसर प्रयोग गरिएको छ, जसले ४०% उच्च प्रोसेसिंग क्षमता प्रदान गर्छ। स्मार्टफोनमा स्पीच, टेक्स्ट, इमेज र भिडियो इन्टरप्रिट गर्ने क्षमतासहितको एआई फिचर रहेको छ।
कम्पनीकाअनुसार ग्यालेक्सी एस२५ सिरिजमा ५० एमपी अल्ट्रावाइड क्यामेरा, १०-बिट एचडीआर रेकर्डिङ, डीएसएलआर-जस्तै गहिराइ नियन्त्रण, र अडियो इरेसर जस्ता विशेषताहरू छन्। कम्पनीका अनुसार ७ वर्षको ओएस र सुरक्षा अपडेट उपलब्ध गराइनेछ।
कम्पनीकाअनुसार प्रि अर्डर अफर अन्तगत ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्ने ग्राहकहरूले ५१२ जीबी स्टोरेजमा निःशुल्क अपग्रेड वा रु १४,९९९ मा ग्यालेक्सी बड्स ३ प्रो प्राप्त गर्न सक्नेछन्।
यसको मूल्य ग्यालेक्सी एस२५ अल्ट्राs (१२/२५६ जीबी) को रु १८४,९९९, ग्यालेक्सी एस२५+ (१२/२५६ जीबी) को ,रु १४१,९९९ र ग्यालेक्सी एस२५ (१२/२५६ जीबी) को रु ११४,९९९ तोकिएको छ।
सामसङ नेपालले एनएलजी इन्स्योरेन्स मार्फत १ वर्षको ब्रेकेज इन्स्योरेन्स र ईएमआई योजनामा ०% ब्याज समेत उपलब्ध गराएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij