२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

1.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयर मूल्य प्रति कित्ता ७७१ रुपैयाँ १२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ९३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले हाल कायम ४ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

यही समायोजित मूल्यलाई आधार मानेर माघ २० गते आईतबारको दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij