२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल वितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल वितरण

1K
Shares

काठमाडौं – सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेडले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल वितरण गर्ने कार्यक्रमको आयोजना गरेको छ। यसै क्रममा, पर्सा जिल्लाको पकाहमैनपुर गाउँपालिका वडा नं. ४ मा ७० जनालाई न्यानो कम्बल वितरण गरिएको हो।

कार्यक्रममा वडा नं.४ का वडा अध्यक्ष भेडी प्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछाने, शाखा प्रमुख संदिप सिंह ठकुरी, र समाजसेवी अयोध्या प्रसाद चौहान लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij